🔷 आ.व. २०८१/०८२ मा निशुल्क हेमोडायलाइसिस सेवा अन्तर्गत सेवाग्राहीको तथ्याङ्क 🔷
L.S. Neuro & General Hospital Pvt. Ltd. मा सञ्चालित “बिपन्न नागरिक औषधि उपचार कार्यक्रम” अन्तर्गतको निशुल्क हेमोडायलाइसिस सेवा मार्फत आ.व. २०८१/०८२ को अवधिमा नयाँ र पुराना गरी जम्मा ३३ जना विपन्न बिरामीहरूले सेवा प्राप्त गरेका छन्।
यो कार्यक्रमले मिर्गौला रोगबाट पीडित आर्थिक दृष्टिले कमजोर वर्गका बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको छ।
हामी निरन्तर स्वास्थ्य सेवामा समर्पित रही, यस्ता जीवनरक्षक सेवाहरूमार्फत समुदायप्रति हाम्रो उत्तरदायित्व निर्वाह गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं।
🙏 सबै सेवाग्राहीहरूको स्वास्थ्य लाभको कामना गर्दै, आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रवाहको अपेक्षा राख्दछौं।
📍 स्थान: L.S. Neuro & General Hospital Pvt. Ltd., Parawanipur – 05, Bara (Birgunj to Kalaiya Road Near Rishav Petrol Pump)
📅 अर्थिक वर्ष: २०८१/०८२
🧬 सेवा प्रकार: Hemodialysis (निशुल्क)
#Hemodialysis #FreeTreatment #BipannaKaryakram #LSNeuroHospital #PublicHealth #CommunityCare